logo  बुधवार,१ श्रावण,२०८२(Wednesday,16 July,2025 )    +977-9855013005   info@prcm.gov.np Check Email logo नेपाली logo ENG

 नेपालमा विद्यमान जडीबुटीहरूको पहिचान, संकलन तथा व्यापार व्यवस्थित एवं विकास गर्ने उद्देश्य लिई वि.सं. १९९४ मा वनस्पति फाँटको रुपमा थालनी भई वि.सं. २०१६ मा नेपालमा वनस्पति विविधताको पहिचान, अध्ययन, सदुपयोग, प्रविधि विकास तथा प्रवद्र्धन गर्ने मूल उद्देश्य लिई वनस्पति विभागको स्थापना भएको हो । विभागले लिएको उद्देश्य र लक्ष्यलाई हासिल गर्न वि.सं. २०१९ सालमा मकवानपुर जिल्लाको पदमपोखरीको वृन्दावनमा र २०२२ सालमा दामन र टिष्टुङ्गमा गरी ३ वटा वनस्पति उद्यानहरूको स्थापना भएको हो । वि.सं. २०५६ सालमा विभागको सांगठिक पुनसंरचना भई जिल्ला वनस्पति कार्यालय, मकवानपुर स्थापना भएकोमा पुनः वि.सं. २०७५ मा भएको सांगठिक पुनसंरचना अनुसार साविकको जिल्ला वनस्पति कार्यालयको नाम परिमार्जन भई वनस्पति अनुसन्धान केन्द्र मकवानपुर भएको छ र वृन्दावन, दामन र टिष्टुङ्ग वनस्पति उद्यानहरूसमेत यसै अनुसन्धान केन्द्र अन्तर्गत रहेका छन् ।
वनस्पति अनुसन्धान केन्द्र, मकवानपुर अन्तर्गतका ३ वटा वनस्पति उद्यानहरूमा ६५० भन्दा बढी प्रजातिका वनस्पतिहरूको वंशाणु स्रोत संरक्षित छन् । जिल्ला भित्रका एवं चुरे क्षेत्रका विभिन्न स्थानबाट वनस्पति सवेक्षण, र्सं  कलन गरी पहिचान गर्ने र वनस्पतिहरूको हर्वेरियम नमुना संरक्षित गर्ने कार्य गर्दै आइरहेको छ । अध्ययन अनुसन्धान क्षेत्रमा यस केन्द्रले स्थापना कालदेखि विभिन्न जडीबुटी तथा आर्थिक महत्वका वनस्पतिहरूको अध्ययन गरी खेती प्रविधि विकास गरी कृषकहरूलाई तालिम मार्फत प्रविधि हस्तान्तरण गर्ने कार्य गर्दै आइरहेको छ । त्यसैगरी विभिन्न आदिवासी तथा जनजातिहरूले प्रयोग गर्दै आइरहेका वनस्पतिहरूको अभिलेखिकरण गर्दै वनस्पति प्रयोग र संरक्षणबारे सचेतना कार्यक्रमहरू संचालन गर्दै आइरहेको छ । विरुवा उत्पादन गरी वितरण गर्ने विभिन्न सामग्रीहरू प्रकाशन गरी वितरण गर्ने, पर्यावरणीय सौन्दर्यता बढाइ पर्यापर्यटन अभिवृद्धि गर्ने र आर्थिक विकासमा टेवा पु¥याई गरीबी न्यूनीकरणमा सहयोग पु¥याउने लक्ष्यका साथ प्राविधिक तथा विविध सेवा पु¥याउँदै आएको छ ।
 
केन्द्रको मुख्य उद्देश्यहरू
 
► वनस्पति सम्पदाहरूको विस्तृत सवेक्षण, र्सं  कलन तथा पहिचान गर्ने,
► वनस्पतिहरूको वंशाणु स्रोत संरक्षण गर्ने,
► जडीबुटीहरू सम्बन्धी अध्ययन, अनुसन्धान गरी खेती प्रविधि विकास गर्ने,
►सुगन्धित तेलयुक्त वनस्पतिहरूको तेल प्रतिशत परिक्षण गर्ने,
► प्राविधिक दृष्टिले फाइदाजनक जडीबुटीरुको सूचना प्रवाह गर्ने,
►परम्परागत वनस्पति उपयोग (Ethno-botanical study) सम्बन्धी अध्ययन, अनुसन्धान गरी वनस्पति तथा जैविक स्रोतको उपयोग सम्बन्धी ज्ञानलाई अभिलेखिकरण गर्ने,
► जडीबुटीहरूको विरुवा उत्पादन तथा वितरण गर्ने,
► जडीबुटी संरक्षण, खेती तथा प्रशोधनका बारेमा तालिम तथा सेवा प्रदान गर्ने ।
 
वनस्पति अनुसन्धान केन्द्रबाट संचालन हुने कार्यक्रमहरूको उद्देश्यहरू
 
जडीबुटी विकास कार्यक्रम
► जडीबुटीको गुणस्तरीय विरुवा उत्पादन गर्ने,
►  जडीबुटी खेती प्रविधि विकास गरी प्राविधिक सीप हस्तान्तरण गर्ने,
► जडीबुटी प्रजातिका वासस्थान संरक्षण तथा व्यवस्थापन गर्ने,
► जडीबुटीहरू सम्बन्धी सूचना तथा नमूना प्रदर्शन गर्ने,
► जडीबुटी खेतीप्रति कृषकलाई अभिप्ररित गर्ने ।
► महत्वपूर्ण जडीबुटीहरू सम्बन्धी समयसामयिक अध्ययन, अनुसन्धान गरी स्थानीय जनसमुदायलाई जडीबुटी खेतीतर्फ प्रोत्साहित गर्ने ।
 
वनस्पति अनुसन्संधान सरंक्षण तथा उधान विकास कार्यक्रम
► वनस्पतिहरूको सर्वक्षण गरी दु े र्लभ, लोपोन्मुख तथा संकटापूर्ण अवस्थाका वनस्पतिहरूको स्वस्थानीय तथा परस्थानीय संरक्षण गर्ने,
► वनस्पतिहरूको वंशाणु स्रोतको संरक्षण गर्ने,
► शोभनीय फूलविरुवा उत्पादन गरी उद्यानलाई मनोरम र रमणिय स्थलको रुपमा विकास गर्दै पर्यापर्यटनमा अभिवृद्वि गर्ने,
► उद्यान परिसरमा आउने विद्यार्थीहरू, अवलोकनकर्ता, पेशाकर्मी तथा सोधकर्ताहरूलाई वनस्पति तथा उद्यानको महत्वबारे शिक्षा दिने,
► स्वदेशी शोभनीय फूल विरुवा अध्ययन, अनुसन्धान गर्ने ।
 

Did you know that your Internet Browser is out of date?

Your browser is out of date, and may not be compatible with our website. A list of the most popular web browsers can be found below.

Just click on the icons to get to the download page

Close This Window

By closing this window you acknowledge that your experience on this website may be degraded